Thursday, December 1

खान जान्नुपर्छ घ्यु ले गर्छ यस्ता अद्भुद फाइदाहरु :

घिउ र गुड दुवै स्वास्थ्यका लागि धेरै उपयोगी छन्। गुड भित्र म्याग्नेसियम, पोटासियम, क्याल्सियम, आइरन, जिंक आदि पोषक तत्व पाइन्छ ।साथै घिउ भित्र भिटामिन ए, भिटामिन ई, भिटामिन डी,

फ्याटी एसिड जस्ता पोषक तत्वहरू पाइन्छ। यस्तो अवस्थामा यी दुईलाई एकसाथ सेवन गरे स्वास्थ्यका लागि निकै फाइदाजनक साबित हुन सक्छ ।यी दुईको संयोजनले स्वास्थ्यलाई एकदम मजबुद बनाउन सक्छ । यस्तो अवस्थामा हामीले आजको लेखबाट थाहा दिदैछौँ कि गुड र घिउको सेवनले स्वास्थ्यलाई के के फाइदा गर्छ ।

घिउ र गुडका फाइदाहरू:पेटको समस्यालाई हटाउन घिउ र गुड़ धेरै उपयोगी हुन सक्छ। यस्तो अवस्थामा घ्यू र गुड़ एकसाथ सेवन गर्नुपर्छ । यसो गर्नाले मल त्याग सहज हुने मात्र होइन एसिडिटी, पेट दुख्ने

आदि समस्याबाट पनि राहत पाउन सकिन्छ ।शरीरमा आइरनको कमीले एनिमिया हुन सक्छ। एनिमिया भनेको रगतको कमी हुनु हो। जब शरीरमा रगतको कमी हुन्छ, तब मानिसलाई एनिमियाको समस्या हुन्छ ।

यस्तो अवस्थामा गुड़ र घिउ एकसाथ खाँदा रगतको कमीबाट पनि छुटकारा पाउन सकिन्छ । गुड़ भित्र फलाम पाइन्छ जसले शरीरमा रगत आपूर्ति गर्न सक्छ। यसरी मानिसलाई एनिमियाको समस्याबाट बच्न सकिन्छ ।

हड्डीलाई मजबुत बनाउन घिउ र गुड़ले निकै मद्दत गर्छ । गुड़ भित्र क्याल्सियम पाइन्छ भनेर व्याख्या गर्नुहोस्। एउटै घिउ भित्र भिटामिन के ई पाइन्छ। यस्तो अवस्थामा यी दुवैको बढी सेवन गरे हड्डी बलियो हुन्छ ।

यसैगरी हामी घ्यूको सेवन खानका लागि गछौँ । तर त्यसका फाइदाका बारेमा धेरैलाई थाहा नहुन सक्छ । आज हामी घ्यूका आश्चर्यजनकदाका बारेमा जानकारी दिदैछौँ । जो तपाईका लागि उनि उपयोगी हुन सक्छ ।

सेतो दुवी आएमा:रायोको धूलो गाईको घ्यूमा फिटेर मलम बनाउने र त्यस ठाँउमा बिहान र बेलुका लगाउने गरेमा बिस्तारै सेतो दुवी ठीक हुन्छ ।कपाल दुखेमा:गाईको घ्यू पाँच चम्चा कराईमा तताउनु र सात गेडा मरिच

डडाउनु र छानेर राख्नु । टाउको दुखेको बेलामा घ्यू कंचटमा दल्नु ठीक हुन्छ । जाडोले कामज्वरो आएमा:एक डाडु घ्यूमा एक चम्चा मरिचको धूलो डडाएर कपुर २–४ पुरिया हालेर शरीर भरी मालिस गरेमा शरीर तातेर

आउँछ र ठीक हुन्छ ।आँखा धमिलो र फूलोमा:गाइको घ्यूमा नीमको फूलको गाजल बनाएर लगाउने गरेमा धमिलो र फूलो समेत काट्न धेरै मद्दत गर्नेछ।खानामा अरुची भएमा:घ्यूमा नीमको कमलो ८१० वटा पात तारेर खाएमा जस्तो अरुचीमा पनि खाना खान मन लाग्नेछ ।

आँखाको कमजोरीमा:राम्रो शुद्ध बेसारको धूलोलाई गाईको घ्यूमा मुछेर बेलुका सुत्ने बेला लगाउने गरेमा आँखा रातो भएको, घाउ भएको, जालो हुन लागेको धमिलो भएको आदि १्२ हप्तामा निको गर्छ र सँधै लगाएमा आँखाको कहिल्यौ

खराबी हुँदैन । ओठ फुट्ने भएमा:एक चम्चा घ्यूमा एक चिम्टी नून हालेर तताएर राख्नुहोस् र ओठ फुटेको बेलामा दिनको २र४ पटक लगाउनु होस् । सुत्नेबेलामा नाइटोमा घ्यू लगाएर सुत्ने गरेमा पनि ओठ फुट्दैन ।

यसैगरी धर्म आस्था हो ,विश्वास हो ,र आस्था र धर्मको केन्द्र बिन्दु भगवान हो ,हरेक मानिसमा राम्रो कम गर्नु पुजा गर्नु दुःखी गरिवलाई सहयोग गर्नु धर्म को रुपमा बुझिन्छ र कसैको हत्या गर्नु दुःख दिनु नराम्रो काम गर्नुलाई पापको रुपमा बुझिन्छ

र यहि पाप र धर्मको आधारमा संसार चलेको छ संसार अडिएको छ । तर यो घटना अलि फरक छ ब्याउन लागेको गाई गोठबाटै हरायो । अहिलेको गुप्तेश्वर महादेवपारिपट्टि खेतमा गाईगोठ थियो । गाई खोज्दाखोज्दै महिनौं बित्यो । फेलापरेन । गाईधनीले गाई माया मारिसकेका थिए । मनमा तोड परे पनि गाई माया मार्नुको विकल्प थिएन ।

सपना सपना नै हो, विपना हुन सक्दैन भनिन्छ । यससम्बन्धमा गाईधनीसमेत जानकार थिए । उनले गोठनजिकको खेतमा गाईले धानरहेको सपना देखे । उज्यालो भएपछि त्यहाँ पुग्दा गाईले धान खाइरहेको देख्दा तीनछक

परे । सपनामा देखेको गाईले विपनामा धान खाइरहेको देख्दा अचम्म लाग्नु अस्वाभाविक होइन । उनी धान खाइरहेको गाईनजिक पुग्दा गाई हराउँथ्योे ।गाईधनीले दुई÷चार दिन त्यसरी धान खाइरहेको गाईको पछि

लागे । नजिकै पुग्दा हराउँथ्यो । गाईनजिक पुग्नेक्रममा हराएपछि कता–कता गाई कराएको आवाज सुनियो । आवाज पहिल्याउँदै जाँदा धान खाइरहेको देखेको गाई गुप्तेश्वर महादेव गुफामा देखियो । मानिस पस्न र निस्कन

अप्ठ्यारो गुफाबाट गाई निकाल्न त्यति सजिलो थिएन । त्यति अप्ठ्यारो गुफामा गाई कसरी पस्यो होला ? जोकोहीले आश्चर्य मान्छन् । गाईधनी एक्लैले गाई निकाल्न नसक्ने भएपछि गाउँलेसँग हारगुहार मागे । उनी सहयोगी लिएर पुनः त्यही गुफा पुगे ।

जम्मा भएकामध्ये आधा गुफाभित्र पसे । बाँकी बाहिरै रहे । गुफाभित्रकाले गाई धकले । बाहिरकाले दाम्लोको सहाराले ताने । तर, गाई निकाल्न सकिएन । गाई निकाल्न सहयोग गर्न पुग्नेले भने, ‘गाई निकाल्न सकिँदैन । माया मारौं ।’

त्यसो भन्दै सहयोगी घर फर्के । गाईधनी त्यहीं बसे । आफ्नो गाईको माया लाग्नु स्वाभाविकै थियो । गाईधनीले मनमनै सोचे– मलाई भगवान्ले छल त गरेन । उनले मनमनै आराधना गरे । पूजाआजामात्रै होइन, भाकलसमेत गर्न भ्याए । त्यत्ति गरेपछि गुफाबाट गाई सजिलै बाहिरियो ।
त्यत्रा सहयोगीसहित प्रयास गर्दा निकाल्न नसकिएको गाई गाईधनी

एक्लैले निकाले । त्यसपछि गाउँभरि चर्चा–परिचर्चा भयो । त्यसपछि यस गुफालाई ‘गुप्तेश्वर महादेव’ भन्न थालियो । गाईले पत्ता लगाएकोएकाले गुप्तेश्वर गुफा भनिएको स्थानीय बताउँछन् ।

गुप्तेश्वर महादेव पुगेकालाई पुजारी हीराधन राईले उल्लिखित किंवदन्ती सुनाउने गर्छन् । गुप्तेश्वर महादेव दर्शन गर्न सुतेरै पस्न र निस्कनुपर्छ । गुफाभित्र सातजनाजति अटाउन सकिन्छ । काला चट्टानले बनेका गुफा थुप्रै शिला देख्न सकिन्छ । ती सबैको नामकरण गरिएका छन् । गुप्तेश्वर महादेवभित्र महादेव, चन्द्रमा, गणेश, शिवजी, सप्ऋषि, महादेवको शिर

र कछुवालगायत थुप्रै आकृति देख्न सकिन्छ । त्यसमध्ये डेढ फुट उचाइको शिलालाई गुप्तेश्वर महादेव भन्ने गरिन्छ । शिलाबाट तपतप पानी चुहिरन्छ । गुफा पस्ने र निस्कने ठाउँमा गाई आकारको शिला प्रस्टै देख्न सकिन्छ ।

अर्खौलेको दुक्सिलीमा रहेको गुप्तेश्वर महादेव संवत् १७२६ मा पत्ता लागेको हो भन्ने गरिन्छ । त्यति पुरानो मानिए पनि पाँच वर्षअघि देखि आन्तरिक तथा वाह्य पर्यटक गुप्तेश्वर महादेव बाक्लै पुग्ने गरेका छन् ।

त्यसअघि औंलामा गन्न सकिनेमात्रै पुग्थे । हलेसी पुगेका बौद्ध धर्मावलम्बी गुप्तेश्वर नपुगे यात्रा अधुरो भएको सम्झन्छन् । भारत, भुटान, श्रीलंका, ताइवान, कोरिया, सिंगापुर, हंगेरी, हल्यान्डका बौद्ध धर्मावलम्बी गुप्तेश्वर महादेव टेकिसकेको पुजारी राईले जानकारी गराए ।

हलेसी–तुवाचुङ नगरपालिका–८ धितुङका अर्जुन दर्नाल गुप्तेश्वरमा भेटिए । पछिल्लो समय हलेसी–तुवाचुङ नगरपालिका–१० अर्खौलेमा बसोवास गर्ने दर्नाल पहिलोपटक गुप्तेश्वर पुगेका थिए । उनको भनाइ थियो, ‘गुप्तेश्वर महादेवको प्राकृतिक बनोट हेर्दा असाध्यै सुन्दर लाग्यो । त्यत्तिकै आनन्द लाग्यो । यस्तो गुफा

जीवनमा पहिलोपटक देखेको हुँ ।’अर्खौलेकै यादव श्रेष्ठसमेत गुप्तेश्वरमै भेटिए । ‘यसपटकसहित तेस्रोपटक गुप्तेश्वर महादेवको दर्शन गरें,’ श्रेष्ठले थपे, ‘बाहिरतिर त आइरहन्छु ।’

गुप्तेश्वर महादेव पर्यटकीस्थल बन्दै गएको छ । अर्खौलेमा सुत्केरी ढुंगा, गुप्तेश्वर महादेवलगायत अन्य पर्यटकीयस्थलसमेत रहेका छन् । जसको प्रचार–प्रसार हुन सकेको छैन । हलेसी–तुवाचुङ नगरपालिका–१० वडाध्यक्ष ज्ञानु पुरी भन्छन्,

‘गुप्तेश्वर महादेव वडाको प्रमुख पर्यटकीयस्थल हो । नगरसँग समन्वय गरेर यसलाई नमुना पर्यटकीयस्थल बनाउन लागिपरेको छु । गुप्तेश्वर महादेवलाई सडकसँग जोड्न धेरै छैन । त्योसँगै यहाँको पर्यटकीयस्थलको भौतिक पूर्वाधार निर्माणमा विशेष ध्यान दिएको छु ।’

गुप्तेश्वर महादेव आसपासमै पार्वतीथान र सिकारीथान रहेका छन् । छेउमै बगेको कलकल पानीले गुप्तेश्वर पुगेकालाई आनन्दित तुल्याउँछ । गाउँको पुछारमा रहेकाले शान्त वातावरण छ । खोलाछेउमात्रै होइन,

जंगलबीचमा भएकाले गुप्तेश्वर पुगेकाले शीतल अनुभूति गर्छन् । त्यहाँसम्म पुगेका आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका लागि केही पसल खोलिएका छन् ।पर्यटकलाई जानकारी गराउन कोही न कोही पथप्रदर्शक भेटिन्छन् ।

गुप्तेश्वर महादेव पुगेकाले स्थानीयले ‘सिजनल बिजनेस’ गर्दै आएका छन् । बर्खाभन्दा हिउँदमा पर्यटक धेरै आने गरेको हीराधन राईले सुनाए । पर्यटक बाक्लिएपछि स्थानीय लाभान्वित हुने नै भए । अर्खौले बजारबाट पाँच किमि दूरीमा रहेको गुप्तेश्व

र पुग्न ओह्रालो र फर्कंदा उकालो बाटो छ । गुप्तेश्वरको केही माथिसम्म यातायात साधन पुग्छ । त्यहाँबाट १० मिनेट पैदल हिँड्नुपर्छ ।गाईले पत्ता लगाए पनि त्यो गाई कसको थियो होला भनेर जिज्ञासा लाग्न सक्छ । गाई स्थानीय सुवोध राई थियो । राईको गाई गुप्तेश्वर महादेवमा अड्किएको हो । स्थानीय बूढापाकाको भनाइअनुसार गाई र गाईधनीले १७२६ मा गुप्तेश्वर महादेव पत्ता लगाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *